शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको १० लाख कित्ता संस्थापन सेयर बिक्री हुँदै, क-कसले किन्न पाउछन् ?

शुक्रबार, १७ मङ्सिर २०७८, १३ : ५४
शुक्रबार, १७ मङ्सिर २०७८

सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ । बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।  इच्छुक संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापकले मंसिर १७ गते अर्थात शुक्रबारदेखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्सालमा निवेदन दिनसक्ने छन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप