शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रकाश’को डिजिटल राइट्स बिक्री

शुक्रबार, १७ मङ्सिर २०७८, १३ : ४१
शुक्रबार, १७ मङ्सिर २०७८

अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले फिल्मको डिजिटल राइट्स किनेको हो । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् ।

निर्माता महेन्द्र अधिकारीले वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्मको राइट बिक्री गरेका हुन् । महँगो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए ।
हिन्दी भाषामा डब गरेर भारतमा समेत प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म विनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

फिल्ममा प्रदीपका अलावा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारले अभिनय गरेका छन् ।

विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथामा फिल्म निर्माण भएको निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप