तेह्रथुम पावर कम्पनीको नाफा १०७.१६ प्रतिशतले बढ्यो
तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीमा अधिकतम १०७.१६ प्रतिशले वृद्धि गरेको छ । यसैले पनि कम्पनीको नाफामा आकर्षक सुधार आएको हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट कुल २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो भने यो वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड ७६ लाख रुपैयाँ कमाएको छ ।
हालैमात्र आइपिओ जारी गरेको कम्पनीले आफ्नो चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्याएको छ भने कम्पनीको रिजर्भ कोष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले सिक्ने पाठ
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले