फ्राइडे रिलिज : एक नेपालीसहित तीन फिल्म

आज शुक्रबारबाट नेपाली ‘ओभरडोज’ सहित एक हिन्दी र एक अङ्ग्रेजी गरेर तीन फिल्म प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘तडप’ हिन्दी र ‘इनकान्टो’ अङ्ग्रेजी रहेको छ ।
यी तीनमध्ये हिन्दी फिल्म ‘तडप’लाई भने देशभरका हलले उच्च शो दिएको छ । हिन्दीलाई उच्च शो, केही हलमा अङ्ग्रेजी फिल्म लागेको कारण नेपाली फिल्म ओभरडोज भने मारमा परेको छ । ओभरडोजलाई क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले शो दिएको छैन ।
‘ओभरडोज’ अमेरिकामा बस्ने दुई नेपाली युवाको कथामा बनेको फिल्म हो । सुमन पौडेलको कथा तथा निर्देशन फिल्ममा छ । फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ, सदिक्षा कार्की लगायतका कलाकारको अभिनय छ ।
यस्तै ‘तडप’ अहान सेट्टी र तारा सुतरियाको मुख्य भूमिका रहेको फिल्म हो । रोमान्स र बदलाको कथामा बनेको यो फिल्म नाडियाडवाला ग्रान्डसन प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । ‘इनकान्टो’ थ्रीडी चलचित्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
-
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’