बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘बजरंगी’ बनाउँदै अभिनेता प्रशान्त

शुक्रबार, १७ मङ्सिर २०७८, ११ : २५
शुक्रबार, १७ मङ्सिर २०७८

फिल्म ‘बजरंगी’ निर्माण हुने भएको छ । केही अगाडि घोषणा भएर निर्माणमा रोकिएको फिल्म अहिले बन्न लागेको हो । अभिनेता प्रशान्त गिरीले फिल्मको काम अगाडि बढाएको जानकारी दिए । ‘फिल्मको अहिले लेखन अन्तिम चरणमा रहेको छ । छिट्टै कलाकार पनि छनौट गरेर छायाङ्कनमा निस्कने छौ’ निर्माता गिरीले भने ।

फिल्म ‘बाउन्सर’ निर्माण पछि अमेरिका अभिनेता गिरी केही पहिले नेपाल आएका हुन् । नेपाल फर्किए लगतै फिल्मको काम र समाजसेवामा सक्रिय गिरीले हालै काभ्रे पुगेर त्यहाँको रत्नचण्डेश्वर माध्यामिक विद्यालय र अरुणदयो आधारभुत विद्यालयमा स्टेशनरीका बिभिन्न सामाग्रीसहित विद्यालय रङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप