ad
x

डाक्टरविरुद्ध महिलाको उजुरी– मेरो जन्मका लागि मेरी आमालाई किन सल्लाह दिएको ?

person explore access_timeमंसिर १७, २०७८ chat_bubble_outline0

आफ्नो जन्मका लागि दोषी रहेको आरोपका साथ ब्रिटेनकी एक महिलाले आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी छन् । ती महिलाको दलिलका आधारमा मुद्दा सुनुवाइ गरेको अदालतले चिकित्सकलाई दोषी ठहर गर्दै जरिवानाको आदेश पनि दिएको छ ।


ब्रिटेनकी २० वर्षीय एभी टम्बसले आफ्नो जन्मका लागि आमालाई सल्लाह दिएको आरोपमा गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर गरेकी हुन् । पेसाले ‘शोजम्पर’ रहेकी उनी विकलांग छिन् । आफ्नो यो शारीरिक अवस्थाका लागि आफू गर्भमा रहँदा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक जिम्मेवार रहेको र उसकै गलत सल्लाहका कारण आफू शारीरिक रुपमा कमजोर हुनुपरेको एभीको दाबी छ ।



समाचार एजेन्सीहरुका अनुसार एभीमा ‘स्पाइनल डिफेक्ट’ छ । उनी कुनै बेला २४ घण्टासम्म पनि ट्युबको सहारामा बस्नुपर्छ ।



गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक फिलिप मिशेलका कारण आफू यो अवस्थामा पुगेको एभीको दाबी छ । आमालाई गर्भावस्थामा सही सल्लाह दिएको भए आफ्नो जन्म नै नहुने वा यो अवस्थामा आफू हुनु नपर्ने उनको तर्क थियो ।



एभीकी आमाले पनि आफूलाई त्यतिबेला चिकित्सकले सही सल्लाह दिएको भए बच्चालाई जन्म दिने थिइनँ भनेर अदालतमा बयान दिएकी छन् । यस्तो समस्या हुन्छ भन्ने सचेत गराएर चिकित्सकले आमालाई ‘फोलिक एसिड’ को खुराक लिन सुझाव दिएको भए परिस्थित अर्कै हुन्थ्यो भन्ने जिकिर पनि उनले अदालतमा गरिन् ।



उनको दलिललाई अदालतले पनि सही ठहर गरेको छ । बुधबार लन्डन हाइ कोर्टले एभीको दाबीलाई समर्थन जनाएको छ । अदालतले पीडित परिवारका लागि चिकित्सकले जरिवाना तिर्नुपर्ने ठहर गरे पनि त्यसको राशी खुलाएको छैन । यद्यपि एभीका कानुन व्यवसायीले जीवनभरको हेरचाहका लागि पुग्ने गरी अदालतले चिकित्सकबाट जरिवाना तिराउन सक्ने बताए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X