मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाकाे गृह प्रदेशमा निधि-शेखरकाे प्रचार (तस्बिरहरु)

शुक्रबार, १७ मङ्सिर २०७८, १० : ४०
शुक्रबार, १७ मङ्सिर २०७८

नेपाली काँग्रेस  सुदूरपश्चिम प्रदेश अधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवार विमलेन्द्र निधि र शेखर काेइरालाकाे पाेस्टर ठाउँ ठाउँमा टाँसिएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवकाे गृह प्रदेश समेत रहेकाे सुदूरपश्चिममा निधिकाे प्रचारप्रसार भइरहेकाे हो ।

 देउवा समूहमा विद्राेह गरि सभापतिमा उम्मेदवारी घाेषणाका निधिका १४ औँ महाधिवेशनका एजेन्डासहितकाे पाेस्टर सुदूरपश्चिम प्रदेश अधिवेशन स्थलमामा टाँगिएका छन् ।  काेइराला पनि संस्थापन इतर पक्षबाट सभापति दाबेदार हुन् । प्रदेश अधिवेशनस्थल ॐ पाटी प्यालेसमा सभापति शेरबहादुर देउवा, निधि, नेता एनपी साउद, नैनसिंह महर, कुन्दनराज काफ्ले लगायतका पाेस्टर टाँसिएकाे छ । 

प्रदेश पदाधिकारीका उम्मेदवारले भने देउवाकाे फाेटाे साइटमा राखेर ब्यानर बनाएका छन् । देउवा समूहले अहिलेसम्म प्रदेश सभापतिकाे उम्मेदवार तय गर्न सकेकाे छैन । आकाँक्षी धेरै भएपछि केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई सर्वसम्मत सभापति बनाउने तयारी  छ । 

यस्तै पदाधिकारीमा पनि देउवा पक्षलाई उम्मेदवार छनाेट गर्न सकस परेकाे छ । उम्मेदवार छनाेटका लागि एनपी साउद, रमेश लेखक लगायतका नेता छलफलमन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप