ad
x

अमेरिकामा कोभिड–१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिंदै

person explore access_timeमंसिर १७, २०७८ chat_bubble_outline0

संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड–१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको छ । यसबारे राष्ट्रपति जो बाइडेनले विहीबार जानकारी दिदैं भनेका  छन्, ‘आज म घोषणा गर्दैछु कि हामी देशभर सयौं नयाँ पारिवारिक खोप क्लिनिकहरू शुरु गर्दैछौं। यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन् । जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन् ।’


राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भने, ‘क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन् । यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन् ।’



राष्ट्रपति बाइडेनद्वारा कोभिड–१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न संघीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो । सरकारको पाँच–बुँदे योजनामा राष्ट्रव्यापी खोप विस्तार गर्ने र बुस्टरको पहुँच, कोभिड–१९ परीक्षण पहुँच विस्तार गर्ने, सरकारको प्रतिक्रिया टोलीलाई बलियो बनाउने र बाँकी विश्वलाई खोप लगाउने प्रयासलाई गति दिने लगायतका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X