शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मशानघाट–२’ मा एसराज, सुनिता र विकास

शुक्रबार, १७ मङ्सिर २०७८, १० : ३९
शुक्रबार, १७ मङ्सिर २०७८

अभिनेता एसराज गराच पछिल्लो समय वेब सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरू बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । यस्तैमा गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीत ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता गराच पनि मुख्य भूमिकामा देखिएकी छन् ।
‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको युगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् ।
मशानघाट–२ का शब्दहरू गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।

केशवराज भट्ट निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काको अभिनय देख्न सकिन्छ । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप