बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा भ्याक्सिन नलगाउनेहरुका लागि लकडाउन

शुक्रबार, १७ मङ्सिर २०७८, १० : ३६
शुक्रबार, १७ मङ्सिर २०७८

जर्मन चान्सलर एन्जेला मर्केलले खोप नलगाएका व्यक्तिका लागि लकडाउनको घोषणा गरेकी छिन् । यो घोषणा सँगै खोप नलगाएका व्यक्ति अब सार्वजनिक स्थानमा जान पाउने छैनन् । उनीहरु सामानसमेत खरिद गर्न जान पाउने छैनन् । जर्मनीमा अर्को वर्ष फेब्रुअरीदेखि सबैका लागि भ्याक्सिन अनिवार्य गरिनेछ ।

ओमिक्रोनको खतराबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले लिए कोरोनाको बुस्टर डोजः

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनको खतराबीच कोरोना भ्याक्सिनको बुस्टर डोज लगाएका छन् । यो कुराको जानकारी उनी आफैंले आफ्नो ट्वीटर अकाउन्टमार्फत् दिएका हुन् । बोरिसले भिडियो सेयर गरेका छन् जसमा उनले बुस्टर डोज लगाइरहेको देखिएका छन् । भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘तपाईंहरु सबै आफ्नो पालो आएपछि बुस्टर डोज लगाृउनुहोस् । हामीले भाइरसलाई दोस्रो मौका दिनु हुँदैन । ’

बेलायतले खरिद गर्यो १्१४ करोड अतिरिक्त डोजः

बेलायतमा कोरोनाको नयाँ संक्रमितमा सर्वाधिक वृद्धि भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ५३,९४५ नयाँ संक्रमित भेटिएका छन् । यो संख्या १७ जुलाई पछिको सबैभन्दा बढी हो । बेलायतमा १४१ व्यक्तिको मृत्यु पनि दर्ता गरिएको छ । यस्तै, बेलायतले कोरोनाबाट बच्नका लागि १.१४ करोड अतिरिक्त डोज खरिद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप