उम्मेदवारी शुल्क महँगो भएको राप्रपा नेताहरुको गुनासो, कसले कति तिर्नुपर्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले तोकेको शुल्क अनुसार उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ ।
राप्रपाको राजधानीको भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ भने नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज मनोनयन दर्ता र भोलि मतदान हुने कार्यक्रम रहेको छ ।
तर, राप्रपाका नेताहरुले उम्मेदवारी शुल्क महँगो भएको बताएका छन् । राप्रपाका एक उम्मेदवारले अत्यधिक शुल्क तोक्नुको अर्थ आफूले नबुझेको गुनासो गरे ।
अर्का एक उम्मेदवारले ठट्टा गर्दै भने, ‘सदस्य उठियो । पैसा नपुगेर आफूले लगाएको सुनको औठी बेच्नु पर्ने अवस्था छ, के गर्नु इज्जतको कुरा छ ।’
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । राप्रपामा एक अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री र १४९ केन्द्रीय सदस्य पदमा निर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)