ad
x

आज डलरको मूल्य कति पुग्यो  ? यस्तो छ अन्य देशको मुद्राको विनिमयदर

person explore access_timeमंसिर १७, २०७८ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ । 


युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३५ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा कायम छ ।  



अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५४ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र बिक्री दर १० रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 



आज साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।   





 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।