काँग्रेस बागमती अधिवेशन : बिहान ८ बजेबाट मनोनयन दर्ता सुरु

नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा बिहीबारबाट सुरु भएको अधिवेशनमा आज शुक्रबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
मनोनयन दर्ताका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उक्त समय भित्र प्रदेश समितिका विभिन्न पदका आकांक्षीहरूले मनोनयन पत्र भरेर दर्ता गरिसक्नुपर्ने प्रदेश निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ता सम्पन्न भए पश्चात उम्मेदवार माथि दावी विरोधको समय भने दिउँसो १ बजेदेखि २ बजेसम्म तोकिएको छ । दावी विरोध परेका उपर दिउँसो ३ बजेसम्ममा निर्वाचन समितिले निर्णय दिइसक्ने जनाइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार प्रारम्भिक नामावली प्रकाशित गर्ने प्रदेश निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी फिर्ता लिने समय भने साँझ ४ बजेदेखि ५ बजेसम्म तोकिएको छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए ।
बिहिबार अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएपछि साँझ मतदाता नामावली सार्वजनिक गरिएको थियो ।
निर्वाचन अन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् ।
अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जना र ८३ जना सदस्यसहित ९१ जनाको प्रदेश समिति चयन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
-
विनाशकारी भूकम्पको संघारमा भारत