पानी पिउने सही तरिका, कुन समयमा पिउँदा कस्तो फाइदा ?
![पानी पिउने सही तरिका, कुन समयमा पिउँदा कस्तो फाइदा ?](https://rpcdn.ratopati.com/media/albums/Drinking_water_s4Viu8LRI9.jpg)
सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ ।
तर पानी पिउने सही तरिका हुन्छ । जतिबेला मन लाग्यो त्यतिबेला टन्न पानी पिएर मात्र शरीरलाई स्वस्थ बनाउन सकिदैन । पानी पिउँदा सही तरिका अपनाउनुपर्छ ।
पानी पिउने सही तरिका के हो ? कुन समयमा पानी पिउदा कस्तो फाइदा ?
दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ ।
पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ ।
पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिएर पानी पिउनुहुँदैन । यसले घुँडा दुख्ने समस्या पैदा गर्छ ।
व्यायाम गरेपछि र गर्नुभन्दा ३० मिनेट पहिले एक गिलास पानी पिउनुपर्छ । पानीले मेटाबोलिज्म तीव्र हुन्छ र व्यायाम गर्न सजिलो हुन्छ ।
खाना खानेवित्तिकै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा असर गर्छ । खाना खानुअघि आधा घण्टा पहिले मात्रै पानी पिउनुपर्छ । पानीले राम्रोसँग खाना खान मन लाग्दैन ।
भोक लाग्दा पानी पिउने हैन । तिर्खा लाग्दा मात्रै पानी पिउनुपर्छ । भोक लागेको समयमा खाना खानुपर्छ । पानी पिउदा भोक हराउँछ र खाना खान मन लाग्दैन ।
तातो खाना, काक्रो, तरबुजा, खरबुजा, मसलादार खाना, चिल्लो खाना, बदाम, तातो दूध, चिया, घामबाट हिँडेर आउनेवित्तिकै पानी पिउनु शरीरका लागि हानिकारक हुन्छ । यस्तै, व्यायाम गर्नेवित्तिकै पनि पानी पिउनु हुदैन ।
यसैगरी, बिहान पानी पिउँदा टाउको दुखाई, मिर्गौलाको समस्या, मुटुको रोग, पाचन प्रक्रियामा सन्तुलन, कब्जियत जस्ता थुप्रै समस्याहरु समाधान हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’