कर्णालीमा पौडेल पक्षले छान्यो सभापतिका उम्मेदवार, देउवा पक्षको अझै लागेन टुंगो
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलले कर्णाली प्रदेश सभापतिमा युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीलाई एकल उम्मेदवार बनाएको छ । पौडेल पक्षले बृहत छलफलपछि बिहीबार शाहीलाई उम्मेदवार उम्मेदवार बनाएको हो ।
पौडेल पक्षले उम्मेदवार घोषणा गरिसक्दा देउवा पक्षभित्र भने आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । युवाहरूबीच निकै लोकप्रिय बनेका युवा नेता शाहीले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन नै गरेर आधिकारिक रुपमा आफु उम्मेदवार बनिसकेकाले आफुलाई सहयोग गर्न आम प्रतिनिधिहरूलाई आग्रह गरे ।
आन्तरिक प्रतिस्पर्धाको दलदलमा फसेको काँग्रेसलाई सुदृढ र नयाँ तरिकाले स्थापित गर्न आफु लागिपर्ने शाहीले पत्रकार सम्मेलनमार्फत धारणा राखेका थिए । उनले भने, ‘मैले लामो समयसम्म पार्टी केन्द्रमा रहेर काम गरेँ । अब प्रदेशभित्र रहेर युवाहरुको साथ सहयोगले प्रदेशमा पार्टीलाई नयाँ उचाइमा पुर्याउने मेरो संकल्प रहनेछ । अहिले जुन गुटगत प्रतिस्पर्धात्मक खेलहरु भइरहेका छन् । मैले यस्तो गतिविधिलाई सच्याउनुपर्छ भनेर ३० बुँदे घोषणा समेत गरेको छु ।’
युवा माझ निकै लोकप्रिय बनेका र देशभर आफ्नो छुट्टै छवि बनाएका उनी नेविसंघको उपाध्यक्ष र दुई पटक प्रतिनिधिसभाको निर्वाचनमा कालिकोट जिल्लाबाट उम्मेदवार पनि बनिसकेका छन् । उनले कर्णालीका अन्य जिल्लाहरुमा संगठन विस्तारदेखि पार्टीका गतिविधिमा महत्वपूर्ण भूमिका खेलेका छन् भने सबैतिर उनको संगठनात्मक भूमिका समेत रहेको छ ।
उनले अहिलेको परिस्थितिमा आफु एउटा गुटलाई समाएर उम्मेदवार बन्नुपर्ने बाहेक विकल्प नभएको बताउँदै समग्र पार्टीको विकास र रुपान्तरण हुनुपर्छ भन्ने कुरालाई जोड दिँदै आएको उल्लेख गरे । यता संस्थापन पक्षले भने उम्मेदवारको टुङ्गो लगाउन सकिरहेको छैन । संस्थापन पक्षबाट अहिलेसम्म चारजनाले सभापति बन्ने आकांक्षा देखाएका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाही, जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजिवविक्रम शाह र कालिकोटबाट कालीबहादुर शाहीको नाम सभापतिमा चर्चा छ । संस्थापन पक्षले शुक्रबारसम्म उम्मेदवारको टुङ्गो लगाउने प्रयास भइरहेको जनाएको छ । चार जनाबाट एकजनालाई मात्र उम्मेदवार बनाउने प्रयास जारी रहेको संस्थापन पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन