मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा पौडेल पक्षले छान्यो सभापतिका उम्मेदवार, देउवा पक्षको अझै लागेन टुंगो

बिहीबार, १६ मङ्सिर २०७८, २२ : ३१
बिहीबार, १६ मङ्सिर २०७८

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलले कर्णाली प्रदेश सभापतिमा युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीलाई एकल उम्मेदवार बनाएको छ । पौडेल पक्षले बृहत छलफलपछि बिहीबार शाहीलाई उम्मेदवार उम्मेदवार बनाएको हो ।

पौडेल पक्षले उम्मेदवार घोषणा गरिसक्दा देउवा पक्षभित्र भने आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । युवाहरूबीच निकै लोकप्रिय बनेका युवा नेता शाहीले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन नै गरेर आधिकारिक रुपमा आफु उम्मेदवार बनिसकेकाले आफुलाई सहयोग गर्न आम प्रतिनिधिहरूलाई आग्रह गरे । 

आन्तरिक प्रतिस्पर्धाको दलदलमा फसेको काँग्रेसलाई सुदृढ र नयाँ तरिकाले स्थापित गर्न आफु लागिपर्ने शाहीले पत्रकार सम्मेलनमार्फत धारणा राखेका थिए । उनले भने, ‘मैले लामो समयसम्म पार्टी केन्द्रमा रहेर काम गरेँ । अब प्रदेशभित्र रहेर युवाहरुको साथ सहयोगले प्रदेशमा पार्टीलाई नयाँ उचाइमा पुर्याउने मेरो संकल्प रहनेछ । अहिले जुन गुटगत प्रतिस्पर्धात्मक खेलहरु भइरहेका छन् । मैले यस्तो गतिविधिलाई सच्याउनुपर्छ भनेर ३० बुँदे घोषणा समेत गरेको छु ।’ 

युवा माझ निकै लोकप्रिय बनेका र देशभर आफ्नो छुट्टै छवि बनाएका उनी नेविसंघको उपाध्यक्ष र दुई पटक प्रतिनिधिसभाको निर्वाचनमा कालिकोट जिल्लाबाट उम्मेदवार पनि बनिसकेका छन् । उनले कर्णालीका अन्य जिल्लाहरुमा संगठन विस्तारदेखि पार्टीका गतिविधिमा महत्वपूर्ण भूमिका खेलेका छन् भने सबैतिर उनको संगठनात्मक भूमिका समेत रहेको छ ।

उनले अहिलेको  परिस्थितिमा आफु एउटा गुटलाई समाएर उम्मेदवार बन्नुपर्ने बाहेक विकल्प नभएको बताउँदै समग्र पार्टीको विकास र रुपान्तरण हुनुपर्छ भन्ने कुरालाई जोड दिँदै आएको उल्लेख गरे ।  यता संस्थापन पक्षले भने उम्मेदवारको टुङ्गो लगाउन सकिरहेको छैन । संस्थापन पक्षबाट अहिलेसम्म चारजनाले सभापति बन्ने आकांक्षा देखाएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाही, जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजिवविक्रम शाह र कालिकोटबाट कालीबहादुर शाहीको नाम सभापतिमा चर्चा छ । संस्थापन पक्षले शुक्रबारसम्म उम्मेदवारको टुङ्गो लगाउने प्रयास भइरहेको जनाएको छ । चार जनाबाट एकजनालाई मात्र उम्मेदवार बनाउने प्रयास जारी रहेको संस्थापन पक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप