शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा समूहले छान्यो लुम्बिनी प्रदेशमा पदाधिकारीका उम्मेदवार

बिहीबार, १६ मङ्सिर २०७८, २२ : १३
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसको संस्थापन पक्षले लुम्बिनी प्रदेशका पदाधिकारीका उम्मेदवारको  टुंगो लगाएको छ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको संस्थापन पक्षकातर्फबाट पदाधिकारी चयन गरेका हुन् । सभापतिमा भरत शाह (रुपन्देही),  उपसभापतिद्वयमा  राजु खनाल (दाङ) सुधाकर पाण्डे (कपिलवस्तु) लाई उम्मेदवार बनाइएको छ ।

शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयमा जन्मजय तिमल्सिना (बर्दिया) र खिमान सिंह रायमाझी (प्युठान)लाई उम्मेदवार बनाइएको छ । यस्तै सह(महामन्त्रीमा लक्ष्मी नारायण शाह (बाके), सरिता चौधरी (रुपन्देही) र माया पुन (बाँके)  बनाइएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई बताए ।

यसअघि रामचन्द्र पौडेल पक्षका पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको थियो । पौडेल पक्षीय सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेदवारी दिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप