काँग्रेसीहरु आफु इमानदार बन्न जरुरी छ : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस पार्टीलाई सही ट्रयाकमा ल्याउनका लागि सबैभन्दा पहिला काँग्रेसका नेता कार्यकर्ताहरु इमानदार बन्न जरुरी रहेको बताएका छन् । पार्टी आन्तरिक रुपमा जबसम्म संस्कारयोग्य हुँदैन तबसम्म पार्टी सही ढङ्गबाट अघि बढ्न नसक्ने उनको तर्क छ ।
बिहीबार वीरेन्द्रनगरमा काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले भने,‘लोकतान्त्रिक अभ्यासलाई संस्कारयुक्त बनाउनुपर्छ । तर त्यसो भएको छैन, हाँसीहाँसी सहमति गर्ने प्रतिस्पर्धा गर्ने हो ।’ खड्काले काँग्रेसलाई संस्थागत रुपमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको औंल्याए ।
‘त्यसका लागि मेरो कमजोरी भएपनि सच्याउनुपर्छ,’उनले भने,‘मैले तपाइँहरुलाई सुर्धनुस् भन्दा पहिला म सुध्रिन जरुरी छ । यदि हामीबाट मपाईत्व परास्त भयो भने पार्टी बलियो र सुदृढ हुन्छ । अहिले पार्टीभित्र म–म भन्ने परम्परा धेरै भयो ।’
‘म पार्टी चलाउँछु होइन, हामीले चलाउँछौं । म बाट हामीमा रुपान्तरण हुनपर्ने देखिन्छ । मपाइँले गर्दा पार्टीमा समस्या भएको छ । म बाट हामी भयौं र सही संस्कारमा अघि बढ्न सके मात्र पार्टीलाई पुन रुपान्तरित गर्न सकिन्छ,’ खड्काले भने ।
साथै खड्काले काँग्रेसको इतिहास उच्च रहेको बताउँदै त्यसलाई गर्वमा राख्दै पार्टीलाई नीति सम्वत अगाडि बढाउनुपर्ने बताए । ‘भाषणको समाजवाद अब जनताले बुझ्दैनन्’ उनले भने,‘काँग्रेसका नेता कार्यकर्ता व्यवहारिक हुन जरुरी छ । लोकतान्त्रिक आचारणमा रहन नेताहरुलाई आग्रह गर्दछु । जनतालाई मन नपर्ने कुरा काँग्रेसले छोड्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड