बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : लुम्बिनीमा पौडेल पक्षको प्यानल घोषणा, देउवा पक्षलाई पदाधिकारी छान्न सकस

बिहीबार, १६ मङ्सिर २०७८, २० : २०
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्वका लागि संस्थापन पक्षले सभापतिमा भरतकुमार शाहलाई उम्मेदवार बनाउने घोषणा गरे पनि अन्य पदाधिकारीको नाम टुङ्ग्याउन सकेको छैन ।

प्रदेश नेतृत्वका लागि रामचन्द्र पौडेल पक्षले भने सभापतिसहित पदाधिकारीमा प्यानल नै घोषणा गरेको छ । पौडेल पक्षले अमर पुनलाई सभापति, उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही) छन् । यसैगरी महामन्त्रीहरूमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु), ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) लाई उम्मेदवार बनाइने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने पदाधिकारी टुङ्ग्याउन नसक्दा सभापतिका उम्मेदवार भरत शाह एक्लै मत माग्न व्यस्त देखिएका छन् । देउवा पक्षबाट पदाधिकारीको उम्मेदवार चयन गर्नका लागि गृहमन्त्री बालकृष्ण खाण,सभापतिका उम्मेदवार शाह लगायतका नेताहरु जुटे पनि फाइनल सूची सार्वजनिक हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप