शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो : गृहमन्त्री खाण

बिहीबार, १६ मङ्सिर २०७८, १९ : ५३
बिहीबार, १६ मङ्सिर २०७८

 गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन गर्र्दै उनले त्यसका लागि पार्टी बलियो हुनुपर्ने र पार्टीलाई बलियो बनाउन कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।

केही ठाउँमा सर्वसम्मत् नेतृत्व चयन भएको भन्दै उनले त्यसबाट सकारात्मक सन्देश गएको बताए । तर आन्तरिक  चुनाव पनि लोकतन्त्रको सुन्दर पक्ष रहेकाले अन्यथा नमान्न उनले आग्रह गरे ।

उनले उनले काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र नागरिक अधिकार पनि कमजोर हुने भएकाले अपसी सहमति र एकताबाट पार्टीलाई मजबुत बनाउनुपर्ने धारणा राखे । राष्ट्र र जनताको समृद्धिमा पार्टीलाई गतिशील बनाउनु नै वर्तमान नेतृत्वको मूख्य काम भएको उनको भनाइ छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पुराना पुस्ताबाट अब पार्टी नचल्ने बताए । उनले भने, ‘डेट एक्सपायर नेताबाट अब मुलुक बन्दैन ।’

उनले ज्ञान र प्रविधिले धेरै ठुलो फट्को मारिसकेको भन्दै फोटो खिच्न र कुराकानी गर्न नयाँ–नयाँ मोबाइल चाहिने तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्ने  भन्ने प्रश्नसमेत गरे । उनले यो महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, किशोर सिंह राठौर, देवेन्द्रराज कँडेल, सार्वजनिक लेखा समितिका सभापति भरत शाह लगायतले पनि आफ्ना धारणा राखेका थिए ।

प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि शुक्रबार निर्वाचनको प्रकृया सुरु हुने जनाइएको छ । लुम्बिनी प्रदेशमा १५८५ जना प्रतिनिधि छन् ।

शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप