बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेतृत्व स्वेच्छाचारी बन्दै गयो : पौडेल

बिहीबार, १६ मङ्सिर २०७८, १८ : ५९
बिहीबार, १६ मङ्सिर २०७८

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेतृत्व पछिल्लो समय स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले २००७ सालदेखि काँग्रेसले आफ्नै इतिहास बनाएको भए पनि पार्टी नेतृत्व पार्टी सिद्धान्त अनुसार अगाडी नबढेकाले निराशा छाएको बताए ।

वरिष्ठ नेता पौडेलले काँग्रेस एक्लै चुनाव लडेको अवस्थामा गत निर्वाचनकै अवस्था दोहोरिन सक्ने बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि दलहरूबीच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।‘आगामी चुनावमा पनि काँग्रेस एक्लैले लडेर बहुमत ल्याउन गाह्रो छ,घमण्ड गरेर एक्लै चुनाव लडेको अवस्थामा गएको चुनावको अवस्थामा पुगिएला,’ उनले भने, ’विगतको परिणामलाई मूल्याङ्कन गरौँ,एक्लै चुनाव लडेर बहुमत ल्याउन गाह्रो छ ।’

नेता पौडेलले लोकतान्त्रिक पार्टी काँग्रेस पार्टी भित्रै लोकतन्त्र आवश्यक रहेको बताउँदै त्यसका लागि पार्टीमा गुटमुक्त बनाएर अगाडी बढ्नु पर्ने बताए । उनले नेता कार्यकर्तालाई देउवा पक्ष, पौडेल पक्ष नबनीकन सच्चा काँग्रेस बन्न आग्रह गरे । 

बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतमा देखिएको विवाद टुङ्गाउन पटकपटक पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको बताए । उनले प्रधानन्यायाधीश विरुद्ध भएको आन्दोलन टुङ्गाउने काम ढिलाइ गर्न नहुने समेत बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप