बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने माओवादीको निर्णय

बिहीबार, १६ मङ्सिर २०७८, १८ : ५६
बिहीबार, १६ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र)ले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा गर्ने निर्णय गरेको छ । त्यस्तै मंसिर २५ गते सबै प्रदेशको सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तय भएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । 

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष समेत निकालेको महराले बताए । कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भएपनि आज, भोलीनै सबै सकिने र पालिका अधिवेशनहरू पनि उत्साहपूर्वक अगाडी बढेको निष्कर्ष निकालिएको उनले बताए । 
प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।  स्थायी कमिटी बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप