शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

बिहीबार, १६ मङ्सिर २०७८, २२ : ४७
बिहीबार, १६ मङ्सिर २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । 
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । 

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गरेकी थिइन् । संसदलाई छल्दै अध्यादेश ल्याउने गरेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप