राजेन्द्र–धवलको प्यानल घोषणा
बिहीबार, १६ मङ्सिर २०७८, १८ : ३२

राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन समूहले पदाधिकारीको प्यानल घोषणा गरेको छ । जसको महामन्त्रीमा डा धवलशमशेर राणा रहेका छन् । लामो समय राजेन्द्र–धवलबीचको छलफलबाट युवाहरुको प्रतिनिधित्व गर्दै राजेन्द्र अध्यक्षमा चुनाव लड्ने टुंगो लागेको थियो ।
बिहीबार नेतृत्वमा चुनाव हुने भएपछि राजेन्द्र- धवल समूहले पदाधिकारीमा लड्ने नेताहरुको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ । यस्तै महामन्त्रीमा डा धवलसहित श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।
सो समूहले केन्द्रीय सदस्यमा लड्ने नेताहरुको सूची पनि तयार गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ