पौडेल समूहले गुरुराज घिमिरेलाई बनायो प्रदेश १ सभापतिको उम्मेदवार
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई प्रदेश १ मा सभापतिको उम्मेदवार बनाएको छ । बिहीबार पौडेल पक्षीय प्रदेश १ का शीर्ष नेताको बैठकले घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी काँग्रेस नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको रातोपाटीलाई जानकारी दिए ।
प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले झापा काँग्रेसका पूर्व सभापति उद्धव थापा प्रदेश सभापतिको उम्मेदवार बनाएको छ । थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । देउवा समूहबाट सुरुमा केन्द्रीय सदस्य अमृत अर्यालको चर्चा भएपनि अन्तिममा देउवा समूहले सिटौला पक्षलाई नेतृत्व दिएको छ । अब प्रदेश एको सभापतिका लागि घिमिरे र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण