शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल समूहले गुरुराज घिमिरेलाई बनायो प्रदेश १ सभापतिको उम्मेदवार

बिहीबार, १६ मङ्सिर २०७८, १७ : २३
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई प्रदेश १ मा सभापतिको उम्मेदवार बनाएको छ । बिहीबार पौडेल पक्षीय प्रदेश १ का शीर्ष नेताको बैठकले घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी काँग्रेस नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको रातोपाटीलाई जानकारी दिए ।

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले झापा काँग्रेसका पूर्व सभापति उद्धव थापा प्रदेश सभापतिको  उम्मेदवार बनाएको छ । थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । देउवा समूहबाट सुरुमा केन्द्रीय सदस्य अमृत अर्यालको चर्चा भएपनि अन्तिममा देउवा समूहले सिटौला पक्षलाई नेतृत्व दिएको छ । अब प्रदेश एको सभापतिका लागि घिमिरे र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप