मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

बिहीबार, १६ मङ्सिर २०७८, १७ : १५
बिहीबार, १६ मङ्सिर २०७८

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रदेशका पदाधिकारीमा उम्मेदवारी दिनेले चर्को शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले उमेदवारको चर्को शुल्क तोकेर उम्मेदवार बन्न चाहनेलाई रोकेको भन्दै नेता कार्यकर्ताले आलोचना समेत गरेका छन् ।

प्रदेशमा सभापति पदमा उम्मेदवारी दिन चाहने ९१ हजार शुल्क बुझाउनुपर्नेछ । काँग्रेसको केन्द्रले सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकेको भएपनि गण्डकीमा भने तेब्बर शुल्क निर्धारण गरिएको छ ।

निर्वाचन कमिटीले उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँस गरेको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख गरेको छ । उपसभापतिका उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारका लागि ३१ हजार शुल्क उल्लेख गरिएको छ । 

यसअघि पर्वतमा पनि कांग्रेसका जिल्ला सभापति र पदाधिकारीले ५१ हजार शुल्क तोकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप