मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको कर्नाटकमा भेटिए ओमिक्रोनका दुई संक्रमित

बिहीबार, १६ मङ्सिर २०७८, १७ : १४
बिहीबार, १६ मङ्सिर २०७८

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि पुगेको छ । भारतको कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । संक्रमित मध्ये एक ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

स्वास्थ्य सचिव लभ अग्रवालले यसबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् । पछिल्ला केही जानकारी अनुसार यो अन्य भेरियन्टभन्दा पाँच गुणा बढी संक्रमण हुनसक्छ । हालसम्म ओमिक्रोन २९ देशमा भेटिएको छ र यसबाट ३७३ संक्रमित भइसकेका छन् ।

उनले भने, ‘एक महिनाभन्दा बढी भयो कोरोना संक्रमित लगातार घटिरहेको छ । चिन्ताको कुरा के हो भने १५ जिल्लामा अहिले पनि संक्रमण दर १० प्रतिशतभन्दा बढी छ । १८ जिल्लामा यो दर ५ देखि १० प्रतिशत छ । केरल र महाराष्ट्र दुई राज्य हुन् जहाँ १० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप