बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले घोषणा गर्यो ‘वान युआई ४’ सफ्टवेयर, सेवाग्राहीको गोपनीयता प्राथमिकतामा

बिहीबार, १६ मङ्सिर २०७८, १६ : ४२
बिहीबार, १६ मङ्सिर २०७८

सामसुङ्ग  इलेक्ट्रोनिक्सले ‘वान् युआइ ४’ को औपचारिक घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्राहकको गोपनीयतालाई विषेश ध्यानमा राखेर यो सफ्टवेयरको घोषणा गरेको हो । कम्पनीले यो सफ्टवेयर पहिलो चरणमा ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश गर्ने छ । ‘वान युआइ ४’ ले एक उन्नत मोबाइलको अनुभव दिलाउने सामसङले बताएको छ । 

‘हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं’, सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने । ‘वान युआइ ४’ ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्ने उनको भनाई छ ।

स्थापितले सामसङ यतिमै नरोकिने समेत बताए । भने, ‘चाँडै नै, अन्य स्मार्टफोन र ट्याबलेट प्रयोगकर्ताहरु पनि हाम्रो समग्र इकोसिस्टममा थप सहजताको अनुभव संगाल्दै यो सफ्टवेयर उपलब्ध हुने छ ।’

यो सफ्टवेयरको माध्यमबाट प्रयोगकर्ताले आफ्नो मोबाइलको होमस्क्रिनदेखि आइकनहरु, मेनु, बटन र पृष्ठभूमी सबै चीजहरुको बनौट र अनुभव बदल्न सक्नेछन् । यस्तै, जीआईएम, इमोजी र स्टिकरलाई पनि आफूअनुकुल बनाउन सकिने छ ।

यसका साथै, सामसङले प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै गोपनीय र सुरक्षाका विशेषताहरु ल्याएको छ । यो सफ्टवेयरमार्फत प्रयोगकर्ताले आफ्नो गोपयिनयतालाई कति सार्वजनिक गर्ने वा नगर्ने भन्ने निर्णय आफै गर्न सक्छन् । मोबाइलमा डाउनलोड गरिएको विभिन्न एपका आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई यो सफ्टवेयरले सजिलै रोक्छ ।

मोबाइलमा डाउनलोड भएका एपले क्यामरा वा माइक्रोफोनमा पहुँच राख्ने प्रयास गरिरहेका हुन्छन् । कुन एपले क्यामेरा र माइक्रोफोनमा पहुँच राख्ने प्रयास गरिरहेका छन् भनेर यो सफ्टवेयरले सजिलै सूचना दिन्छ र त्यसलाई रोक्न सहयोग पुर्याउँछ ।

यो सफ्टवेयर राखिएको ग्यालेक्सी एस २१ सिरिजमा यही नोभेम्बर १५ देखि वान् युआइ ४ उपलब्ध भएको छ । र, छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइनेछ । यो घोषणा शुरु भएको ग्यालेक्सी घडी सिरिजको लागि नयाँ सफ्टवे्यर अद्यावधिकसँगै गरिएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप