‘हनी ट्रयाप’का आरोपीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गा माइती भएकी देवी थापालाई तीन लाख पचास हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले थापासँग तीन लाख पचास हजार धरौटी राखी तारेखमा छाड्ने आदेश दिएको हो । थापाविरुद्ध दुईजना पीडितले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि थापा पक्राउ परेकी थिइन् । प्रहरीले गत कात्तिक ९ गते थापालाई नक्सालबाट पक्राउ गरेको थियो ।
हनी ट्रयापमा पारी विभिन्न पुरुषसँग आर्थिक लाभ लिएकोबारे रातोपाटीले यसअघि नै समाचार प्रकाशन गरेको थियो । थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएको र फिर्ता गर्न आग्रह गर्दा जवरजस्ती करणीको उजुरी दिने धम्की दिएको पीडितको भनाइ छ । सहकारीमा काम गर्ने युवकसँग १३ लाख रुपैयाँ लिएर पनि जवरजस्ती करणीको मुद्दा हालेकी थिइन् । उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा अझै विचाराधीन अवस्थामै रहेको छ ।
पीडित दुई युवकले दिएको जाहेरीमा एक जनासँग २२ लाख र एक जनासँग १७ लाख रुपैयाँ लिएको उल्लेख छ । यद्यपि अदालतले भने तीन लाख पचास हजार धरौटी माग गरी धरौटी बुझाएमा थुनामुक्त गरिदिन आदेश गरेको हो । थापाविरुद्ध एक व्यक्तिले बैंकिङ कसुरमा समेत मुद्दा दायर गरेका थिए । थापाको उक्त मुद्दासमेत विचाराधीन अवस्थामै रहेको छ । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार थापासँग ३ लाख ५० हजार धरौटी मागिएपनि उनले धरौटी नबुझाएको कारण कारागारमै पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

