काठमाडौंबाट गएर दोलखाको सहकारीका सुरक्षा गार्डको हत्या

दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए ।
सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए ।
फिल्मी तरिकाले हत्या
साँझ ६ बजेर ३० मिनेटमा खाना खाएर सहकारीको सुरक्षा गर्न गएका पूर्णबहादुर खड्कालाई आरोपी मध्येका सुमनले ‘मामा’ भन्ने गरेका थिए । काठमाडौंबाट त्यसैदिन गाडी चढेर गएका उनीहरु राति जुँगु पुगे ।
सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् नँ ।’ सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा बिक्रम लुकेर बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको हत्या गरे ।
‘हात, खुट्टामा डोरी र मुखमा खादाले बाँधेर हत्या गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका एक अधिकृतले रातोपाटीसँग भने–‘हातखुट्टा बाँधेपछि ढुंगाले टाउकोमा हिर्काएर बाटोमुनि फालेको आरोपीहरुले स्वीकारेका छन् ।’
मृतकका टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । हत्यापछि आरोपीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।
हत्या गरेको रात उनीहरु गाउँ गएको कसैले थाहा पाएनन् । आरोपबाट बच्न काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्न गएको ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले रातोपाटीलाई बताए । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।
पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । प्रहरीले अरोपीहरुको साथबाट मृतकको मोवाइल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा
-
आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
-
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव