शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा

बिहीबार, १६ मङ्सिर २०७८, १६ : ०३
बिहीबार, १६ मङ्सिर २०७८

शिवम् सिमेन्टले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुसँग अन्तरक्रियाका साथै उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।  सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि रु. ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढि निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको कम्पनीको भनाइ छ ।  हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ । 

उक्त कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । 

 पहिलो चरण अन्र्तगत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप