
राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि १ लाख रुपैयाँ, उपाध्यक्षका लागि ७५ हजार

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ । यो अन्य पार्टीको महाधिवेशनमा उम्मेदवारले तिर्ने भन्दा निकै महँगो शूल्क हो ।
उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ । सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ ।
बिहिबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ