म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

इङ्ग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४ औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । ।
भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । यता, स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ ।
आज नै हुने अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ । चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ ।
प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न