शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय सदस्यमा पाठक र पाण्डेद्वारा उम्मेदवारी घोषणा

बिहीबार, १६ मङ्सिर २०७८, १५ : ११
बिहीबार, १६ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा युवा नेताद्वय जनकराज पाठक र सुन्दर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ । 
नुवाकोटका दुबै नेता डा प्रकाशचन्द्र लोहनी निकटका मानिन्छन् भने उनीहरुले युवाको नेतृत्वबाट मात्रै राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन सकिने बताउँदै आएका छन् । 

पाठक राप्रपाको स्थापनाकालदेखि नै सक्रिय व्यक्तित्व हुन् भने हाल उनी सहायक पार्टीको केन्द्रीय सदस्यका साथै महाधिवेशन प्रचारविभाग सदस्यको भूमिकामा रहेका छन् । पार्टीभित्र सबैसामु परिचित र प्रिय रहेका पाठकले कर्तव्यनिष्ठ र उर्जावान राप्रपा निर्माणका लागि भूमिका निर्वाह गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए । 

उनले राजसंस्था र हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य (खुल्लातर्फ) विजयी गराउन आग्रह गरे । यस्तै पाण्डेले पनि राप्रपालाई बलियो शक्ति बनाउन युवाहरुको उपस्थिति जरुरी हुने भएकाले  केन्द्रीय सदस्य (खुल्ला) तर्फ उम्मेदवारी घोषणा गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप