शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी गुटले संविधान संशोधन गर्न दिएन : प्रचण्ड

बिहीबार, १६ मङ्सिर २०७८, १४ : ३०
बिहीबार, १६ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेलामा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव लैजाँदा नेकपा एमालेको केपी ओली गुटले नचाहेका कारण संशोधन प्रक्रिया अघि बढाउन नसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता विरोधी, गणतन्त्र विरोधी, समावेशी विरोधी शक्तिहरुले संविधान संशोधन हुन नदिन षड्यन्त्र गरेको आरोप लगाए ।

उनले तथाकथित मधेसवादी दल बनाएर माओवादीलाई गणतन्त्र विरोधी देखाउने गरी भ्रम छरिएको भन्दै मधेसी, आदिवासी, जनजातिका लागि लड्न र परिवर्तनको रक्षाका लागि माओवादी नै सशक्त र जिम्मेवार रुपमा सक्रिय रहेको बताए । ‘माओवादी बलियो भयो भने अहिलेको उपलब्धि बलियो हुन्छ, माओवादी कमजोर भयो भने उपलब्धि पनि कमजोर हुन्छ,’ नवप्रवेशीहरुलाई सम्बोधन गर्दै उनले भने ।

राष्ट्रिय एकताका लागि माओवादीलाई बलियो बनाउन आवश्यक रहेको बताउँदै उनले जनताको साथ लिएर प्रतिगमनलाई परास्त गर्दै आफूहरुले बालुवाटारबाट बालकोट पु¥याएको बताए ।

माओवादी पार्टी सशक्त रुपमा अगाडि बढेको बताउँदै उनले हालसम्म आठलाख सदस्यले पार्टीको सदस्यता नवीकरण गराइसकेको जानकारी दिए । माओवादीप्रति देशभर लहर बन्दै गएको बताउँदै उनले पार्टीप्रति जनताको आस्था जागेको बताए ।

सो अवसरमा रौतहट जिल्लाबाट विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप