बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता कमल हासनले जिते कोरोना

बिहीबार, १६ मङ्सिर २०७८, १३ : ३६
बिहीबार, १६ मङ्सिर २०७८

साउथ अभिनेता कमल हासन कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । केही अगाडि कोरोना पोजिटिभ पाइएका हासनको हालै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनी पुरै ठिक भएको र छिट्टै काममा फर्किने भारतीय मिडियाले जनाएको छ ।

श्री रामचन्द्र मेडिकल सेन्टरले बुधबार हासनको स्वास्थ्य अवस्थाको बारेमा एक रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टमा अभिनेतामा कोरोनाको हल्का लक्षण देखिएको र अहिले पुरै ठिक भएको जनाएको छ । मेडिकलले हासनलाई डिसेम्बर ३ सम्म आइसोलेसनमा रहन पनि सुझाव दिएको छ ।

हासन केही अगाडि अमेरिका भ्रमणबाट फर्किएका थिए । अमेरिकाबाट फर्किएलगतै उनका कोरोना पोजेटिभ भेटिएको थियो । उनी ‘हाउस अफ खद्दर’ ब्राण्ड रहेको कपडा प्रमोसन कार्यक्रमका लागि अमेरिका पुगेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप