काँग्रेसमा देउवा–पौडेल उमेरका क्रियाशील सदस्य ११ हजार, समावेशीताका आधारमा यस्तो छ सूची
नेपाली काँग्रेसले क्रियाशील सदस्यताको अन्तिम विवरण सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनका लागि तयार पारिएको काँग्रेसको क्रियाशील सदस्यता ८ लाख ४० हजार १०६ रहेको छ । काँग्रेस प्रचार प्रसार समितिले काँग्रेसको क्रियाशील छानविन समितिले बुझाएका विवरणलाई प्रदेशगत रूपमा सूचीकृत गरेको छ ।
साथै काँग्रेसले उमेर तथा समावेशीताका आधारमा पनि विश्लेषण गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उमेर समूहका हिसाबले ७५ वर्षमाथि ११ हजार मात्र क्रियाशील सदस्य रहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा ७६ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ वर्षको भइसकेका छन् ।
काँग्रेसमा उनीहरुको उमेर समूहका क्रियाशील सदस्य जम्मा ११ हजार मात्र रहेको पाइएको छ । १४ औं महाधिवेशनमा देउवा र पौडेल दुबै जना सभापतिको दौडमा छन् ।
काँग्रेसका क्रियाशील सदस्यहरूको संख्या
प्रदेश नम्बर १ मा – १ लाख ७४ हजार ८ सय १३
प्रदेश नम्बर २ मा – १ लाख ९ सय ९९
बागमती प्रदेशमा – १ लाख ८६ हजार ३ सय ३५
गण्डकी प्रदेशमा – १ लाख १८ हजार, १ सय ४५
लुम्बिनी प्रदेशमा – १ लाख ३१ हजार, १ सय १७
कर्णाली प्रदेशमा – ५३ हजार ५ सय ९६
सुदूरपश्चिम प्रदेशमा – ७५ हजार १ सय १
उमेरअनुसार
१६–२५ वर्ष समूह – ३८ हजार ९४२ ( ४.३७)
२६–४० वर्ष समूह – २ लाख ४३ हजार २८७ ( २७.३)
४१(६० वर्ष समूह – ३ लाख २१ हजार १८४( ३६.०४५
७५ वर्षमाथि – ११ हजार ६२३ (१.३)
पुरुष – ६ लाख ४४ हजार ५६५ (७२)
महिला – १ लाख ९५ हजार ३७२ (२१.९२)
अन्य – १६९ (०–०१)
समावेशीताका आधारमा
दलित ( ४४ हजार १७७ (४.९)
आदिवासी जनजाति( २ लाख ६ हजार ७३६ (२३.१९)
मुस्लिम – १६ हजार १४२ (१.८)
थारु – २७ हजार ३३८ (३.०१)
मधेसी – ८९ हजार ४३९ (१०)
खस आर्य – ३ लाख ६७ हजार २७४ (४१.२१)
पिछडिएको क्षेत्र – १४ हजार ३०६ (१.६)
अपांगता भएका –१८२ (०.०२)
अल्पसंख्यक – ६ हजार ६२५ (०.७४)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन