शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा देउवा–पौडेल उमेरका क्रियाशील सदस्य ११ हजार, समावेशीताका आधारमा यस्तो छ सूची

बिहीबार, १६ मङ्सिर २०७८, १३ : ३१
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसले क्रियाशील सदस्यताको अन्तिम विवरण सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनका लागि तयार पारिएको काँग्रेसको क्रियाशील सदस्यता ८ लाख ४० हजार १०६ रहेको छ । काँग्रेस प्रचार प्रसार समितिले काँग्रेसको क्रियाशील छानविन समितिले बुझाएका विवरणलाई प्रदेशगत रूपमा सूचीकृत गरेको छ  ।

साथै काँग्रेसले उमेर तथा समावेशीताका आधारमा पनि विश्लेषण गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उमेर समूहका हिसाबले ७५ वर्षमाथि  ११ हजार मात्र क्रियाशील सदस्य रहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा ७६ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ वर्षको भइसकेका छन् ।

काँग्रेसमा उनीहरुको उमेर समूहका क्रियाशील सदस्य जम्मा ११ हजार मात्र रहेको पाइएको छ । १४ औं महाधिवेशनमा देउवा र पौडेल दुबै जना सभापतिको दौडमा छन् ।

काँग्रेसका क्रियाशील सदस्यहरूको संख्या

प्रदेश नम्बर १ मा – १ लाख ७४ हजार ८ सय १३

प्रदेश नम्बर २ मा – १ लाख ९ सय ९९

बागमती प्रदेशमा – १ लाख ८६ हजार ३ सय ३५

गण्डकी प्रदेशमा – १ लाख १८ हजार, १ सय ४५

लुम्बिनी प्रदेशमा – १ लाख ३१ हजार, १ सय १७

कर्णाली प्रदेशमा – ५३ हजार ५ सय ९६

सुदूरपश्चिम प्रदेशमा – ७५ हजार १ सय १

उमेरअनुसार

१६–२५ वर्ष समूह – ३८ हजार ९४२ ( ४.३७)

२६–४० वर्ष समूह – २ लाख ४३ हजार २८७ ( २७.३)

४१(६० वर्ष समूह – ३ लाख २१ हजार १८४( ३६.०४५

७५ वर्षमाथि – ११ हजार ६२३  (१.३)

पुरुष – ६ लाख ४४ हजार ५६५  (७२)

महिला – १ लाख ९५ हजार ३७२ (२१.९२)

अन्य – १६९ (०–०१)

समावेशीताका आधारमा

दलित ( ४४ हजार १७७ (४.९)

आदिवासी जनजाति( २ लाख ६ हजार ७३६ (२३.१९)

मुस्लिम – १६ हजार १४२ (१.८)

थारु – २७ हजार ३३८ (३.०१)

मधेसी – ८९ हजार ४३९ (१०)

खस आर्य – ३ लाख ६७ हजार २७४ (४१.२१)

पिछडिएको क्षेत्र – १४ हजार ३०६ (१.६)

अपांगता भएका –१८२ (०.०२)

अल्पसंख्यक – ६ हजार ६२५  (०.७४)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप