राप्रपाको विश्लेषण : काँग्रेस र कम्युनिस्टमा व्यापक सैद्धान्तिक विचलन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काँग्रेस र कम्युनिस्ट द्वैध मानसिकताको शिकार भएको ठहर गरेको छ । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय महाधिवेशनमा प्रस्तुत राजनीतिक कार्यपत्रमा दुवै दलहरुमा व्यापक सैद्धान्तिक विचलन देखिएको उल्लेख गरेका छन् ।
‘समाजवाद र साम्यवादको ‘ब्राण्ड’ को मोह पनि त्याग्न नसक्ने अनि नयाँ र परिवर्तित मान्यतालाई पनि खुला हृदयले अंगिकार गर्न नसक्ने द्वैध मानसिकताको शिकार भएका छन् काँग्रेस र कम्युनिष्ट पार्टीहरू’, थापाको राजनीतिक कार्यपत्रमा भनिएको छ, ‘अझ स्पष्ट भन्ने हो भने यहि द्विविधाको परिणामस्वरुप यि दुवै दलहरुमा व्यापक सैद्धान्तिक विचलन कायम भएको छ ।’
‘समाजवाद र साम्यवादको ‘ब्राण्ड’ को मोह पनि त्याग्न नसक्ने अनि नयाँ र परिवर्तित मान्यतालाई पनि खुला हृदयले अंगिकार गर्न नसक्ने द्वैध मानसिकताको शिकार भएका छन् काँग्रेस र कम्युनिष्ट पार्टीहरू’
प्रमुख राजनीतिक दलहरूको वैचारिक विचलनले देशको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणको कार्यमा नकरात्मक प्रभाव पारेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । २०६३ पश्चात बाह्य शक्तिहरूको दवाव र प्रभावमा कायम भएको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको कार्यान्वयन प्रत्युत्पादक हुन पुगेको पनि थापाको कार्यपत्रमा उल्लेख गरिएको छ ।
‘यस पृष्ठभूमिमा राष्ट्र निर्माणको वैकल्पिक मार्गचित्र, संरचनागत स्वरुप र विचारधाराबारे बहस आरम्भ हुन थालेको छ । विगतमा हिन्दुराष्ट्र, राजसंस्थाको पक्षमा तथा संघीयताका विरुद्धमा सार्वजनिक बहस गर्न सकिने अवस्था थिएन । अहिले राजनीतिक दलहरु भित्र, सञ्चारमाध्यमहरुमा तथा बौद्धिक जगतमा समेत गी विषयहरुको पक्ष विपक्षमा विचारविमर्शहरु हुन थालेका छन् ।
ढिलै भएपनि यो सकारात्मक लक्षण हो’, कार्यपत्रमा निष्कर्ष निकालिएको छ । यस्तै थापाको कार्यपत्रमा नेपालका राजनीतिक दलका नेताहरुले भारतमा तत्काल प्रचलित विचार र दर्शनलाई सात सालको परिवर्तन पछि नेपालमा भित्र्याउने काम गरेको त्यो कपी विचारबाट अहिले पनि नेपाली बौद्धिक समाज पूर्णरुपमा मुक्त हुन नसकेको उल्लेख गरेका छन् ।
नेपालका राजनीतिक दलका नेताहरुले भारतमा तत्काल प्रचलित विचार र दर्शनलाई सात सालको परिवर्तन पछि नेपालमा भित्र्याउने काम गरेको
थापाको प्रतिवेदनमा काँग्रेस र कम्युनिस्टबारे भनिएको छ–
काँग्रेस र कम्युनिष्टमा सैद्धान्तिक विचलन
नेपालका दुई प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूको जन्म भारतीय भूमिमा भएको हो । देशभित्र जहानियाँ राणा शासनको विरुद्धमा संघर्ष गर्न सक्ने अवस्था नरहेको हुँदा नेपालका अधिकांश नेताहरु भारतमा निर्वासित थिए ।
भारतमा रहँदा स्वभावतः भारतीय नेता र दलहरूबाट नेपालका नेताहरु वैचारिक रुपमा प्रशिक्षित र दिक्षित हुन पुगेका थिए । यद्यपि भारतका नेताहरुमा पनि भारतीय परिवेश अनुकूलको मौलिक वैचारिक चिन्तन वा सोचको अभाव रहेको थियो । बेलायतबाट स्वतन्त्रता प्राप्तिको निमित्त लडेको भएपनि तत्कालिन भारतीय बौद्धिक समाज बेलायती विचार, संस्कार र मान्यताबाट निकै प्रभावित रहेको थियो ।
भारतका अधिकांश नेताहरुको ज्ञानको श्रोत बेलायत नै थियो । यस पृष्ठभूमिमा स्वतन्त्रता पश्चात भारतले संसदीय प्रजातन्त्रको बाटो अवलम्बन गर्यो । साथै, भारतका राजनीतिक दलहरुले युरोपेली समाजमा प्रचलित समाजवाद, साम्यवाद र पुँजीवाद जस्ता विचारहरूलाई आफ्नो वैचारिक सैद्धान्तिक आधार स्तम्भका रुपमा अनुकरण गरे । यसैगरी नेपालका राजनीतिक दलका नेताहरुले भारतमा तत्काल प्रचलित विचार र दर्शनलाई सात सालको परिवर्तन पछि नेपालमा भित्र्याउने काम गरे ।
शासन प्रणाली र राज्य सञ्चालनमा सरकारको प्रबल र नियन्त्रण मुखी भूमिका रहने साम्यवाद, समाजवाद र मार्क्सवाद जस्ता विचारधाराबाट प्रमुख राजनीतिक दलहरूका साथै तत्कालिन नेपाली बुद्धिजीवी वर्ग व्यापक रुपले प्रभावित थिए ।
भारतले युरोपबाट शासन प्रणाली र विचारलाई कपि गर्यो । अनि हामीले भारतले पश्चिमबाट साभार गरेको प्रणाली र सिद्धान्तको कपिको पनि कपि गर्यौं । २००७ सालको त्यो अभ्यास र मनस्थितिबाट अहिले पनि नेपाली बौद्धिक समाज पूर्णरुपमा मुक्त हुन सकेको छैन ।
यद्यपि विगत सात दशकमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा व्यापक र गुणात्मक परिवर्तन आएको छ । परम्परागत समाजवाद वा जडसूत्रवादी साम्यवाद दुवै अवधारणा अहिले विश्वव्यापी रुपमा नै असफल र पतनोन्मुख भइसके । प्रजातन्त्र र उदार खुला बजारमुखी आर्थिक व्यवस्था एकअर्काका परिपूरकका रुपमा स्थापित भएका छन् । तर, नेपालका काँग्रेस र कम्युनिष्ट दुवै दलहरु यो विश्वव्यापी राजनीतिक र वैचारिक संक्रमणलाई आत्मसात गर्न सकिरहेका छन् ।
कथित समाजवाद र साम्यवादको ‘ब्राण्ड’ को मोह पनि त्याग्न नसक्ने अनि नयाँ र परिवर्तित मान्यतालाई पनि खुला हृदयले अंगिकार गर्न नसक्ने द्वैध मानसिकताको शिकार भएका छन् काँग्रेस र कम्युनिष्ट पार्टीहरू । अझ स्पष्ट भन्ने हो भने यहि द्विविधाको परिणामस्वरुप यी दुवै दलहरुमा व्यापक सैद्धान्तिक विचलन कायम भएको छ । प्रमुख राजनीतिक दलहरूको वैचारिक विचलनले समेत देशको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणको कार्यमा नकरात्मक प्रभाव पारेको छ । एकातिर प्रमुख पार्टीहरूमा वैचारिक विचलन छ भने अर्कोतर्फ २०६३ पश्चात बाह्य शक्तिहरूको दवाव र प्रभावमा कायम भएको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको कार्यान्वयन प्रत्युत्पादक हुन पुगेको छ ।
यस पृष्ठभूमिमा राष्ट्र निर्माणको वैकल्पिक मार्गचित्र, संरचनागत स्वरुप र विचारधाराबारे बहस आरम्भ हुन थालेको छ । विगतमा हिन्दु राष्ट्र, राजसंस्थाको पक्षमा तथा संघीयताका विरुद्धमा सार्वजनिक बहस गर्न सकिने अवस्था थिएन । अहिले राजनीतिक दलहरु भित्र, सञ्चारमाध्यमहरुमा तथा बौद्धिक जगतमा समेत यि विषयहरुको पक्ष विपक्षमा विचारविमर्शहरु हुन थालेका छन् । ढिलै भएपनि यो सकारात्मक लक्षण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने