शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा रहेकालाई ‘छुटाउँछु’ भनेर २० लाख मागेको आरोपमा महिला पक्राउ

बिहीबार, १६ मङ्सिर २०७८, १२ : ४७
बिहीबार, १६ मङ्सिर २०७८

चितुवाको छाला तस्करीको आरोपमा प्रहरीको हिरासतमा रहेकालाई छुटाउँछु भनेर पैसा मागेको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना महिलालाई पक्राउ गरेको छ । चितवन घर भएकी ३८ वर्षीया दुर्गा महतो खनाललाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

मंगलबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट नुवाकोट शिवपुरी गाउँपालिका घर भएका विशाल तामाङ, विनोद तामाङ र चितवन घर भएका कामीसिंह स्याङतानलाई प्रहरीले पक्राउ गरेको थियो । चितुवाको छालासहित पक्राउ परेका उनीहरुलाई ‘छुटाउँछु’ भनेर दुर्गा खनालले २० लाख मागेकी थिइन् ।

अग्रिम २ लाख रकम लिन विमानस्थल नजिकै आएको अवस्थामा उनलाई महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई ठगी उद्योगमा मुद्दा चलाउने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप