बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

बिहीबार, १६ मङ्सिर २०७८, १२ : ४१
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।

आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।

प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन भएको छ ।  यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । उक्त जिल्लामा पनि अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशन सम्पन्न नभएका १६ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप