‘.... अनि ल्याउन सकिन्छ चुनावमा अप्रत्यासित नतिजा’
बिहीबार, १६ मङ्सिर २०७८, १२ : ३५

राप्रपा अध्यक्ष कमल थापाले देशमा हाल विद्यमान परिस्थिति पार्टीका निम्ति चुनौति र अवसर दुवै भएको बताएका छन् । पार्टीको संगठनात्मक स्थिति निकै कमजोर रहेकाले केही चुनौति रहेपनि यसलाई सुधारेर अघि बढ्न सके पार्टी माथि उठ्न सक्ने उनको भनाइ छ ।
पार्टीको महाधिवेशनमा थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा एजेण्डा स्थापित गर्ने तथा राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सन्दर्भमा संगठनको सुदृढिकरण पहिले प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।
पार्टीलाई एकतावद्ध राखि देशको वर्तमान अवस्थाबारे जनतालाई ठिक ढंगबाट बुझाउन सकिए एउटै निर्वाचनबाट पार्टीले अप्रत्याशित परिणाम हासिल गर्न गर्ने थापाको निष्कर्ष छ । ‘यो असम्भव छैन । पार्टी एकता, व्यवहारिक कार्ययोजना र कठोर परिश्रम त्यसको अनिवार्य शर्त हो’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल