मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘.... अनि ल्याउन सकिन्छ चुनावमा अप्रत्यासित नतिजा’

बिहीबार, १६ मङ्सिर २०७८, १२ : ३५
बिहीबार, १६ मङ्सिर २०७८

राप्रपा अध्यक्ष कमल थापाले देशमा हाल विद्यमान परिस्थिति पार्टीका निम्ति चुनौति र अवसर दुवै भएको बताएका छन् ।  पार्टीको संगठनात्मक स्थिति निकै कमजोर रहेकाले केही चुनौति रहेपनि यसलाई सुधारेर अघि बढ्न सके पार्टी माथि उठ्न सक्ने उनको भनाइ छ । 

पार्टीको महाधिवेशनमा थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा  एजेण्डा स्थापित गर्ने तथा राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सन्दर्भमा संगठनको सुदृढिकरण पहिले प्राथमिकतामा रहेको उल्लेख गरिएको छ । 

पार्टीलाई एकतावद्ध राखि देशको वर्तमान अवस्थाबारे जनतालाई ठिक ढंगबाट बुझाउन सकिए एउटै निर्वाचनबाट पार्टीले अप्रत्याशित परिणाम हासिल गर्न गर्ने थापाको निष्कर्ष छ । ‘यो असम्भव छैन । पार्टी एकता, व्यवहारिक कार्ययोजना र कठोर परिश्रम त्यसको अनिवार्य शर्त हो’, थापाको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप