बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली ‘युरेनियम’ देखाएर २ करोड ठग्न खोज्ने ३ जना पक्राउ

बिहीबार, १६ मङ्सिर २०७८, ११ : ४५
बिहीबार, १६ मङ्सिर २०७८

नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले ३ जना युवकलाई पक्राउ गरेको छ । १२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर उनीहरुले ठग्न खोजेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका स्थित फुटुङ घर भएका २६ वर्षीय रञ्जित कार्की छन् ।

उनीहरुको साथबाट कालो र सेतो मिसिएको १२ सय ग्रामको ढुंगा बरामद गरिएको एसपी पंगेनीले बताए । आरोपीहरुले युरेनियम भनेर सो ढुंगालाई २ करोडमा बेच्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । बालाजुबाट पक्राउ गरेर आरोपीहरुमाथि महाशाखाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप