नक्कली ‘युरेनियम’ देखाएर २ करोड ठग्न खोज्ने ३ जना पक्राउ
बिहीबार, १६ मङ्सिर २०७८, ११ : ४५
१
नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले ३ जना युवकलाई पक्राउ गरेको छ । १२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर उनीहरुले ठग्न खोजेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका स्थित फुटुङ घर भएका २६ वर्षीय रञ्जित कार्की छन् ।

उनीहरुको साथबाट कालो र सेतो मिसिएको १२ सय ग्रामको ढुंगा बरामद गरिएको एसपी पंगेनीले बताए । आरोपीहरुले युरेनियम भनेर सो ढुंगालाई २ करोडमा बेच्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । बालाजुबाट पक्राउ गरेर आरोपीहरुमाथि महाशाखाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण