शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ राबरको डिभेन्चर निष्काशन गर्ने

बिहीबार, १६ मङ्सिर २०७८, ११ : २९
बिहीबार, १६ मङ्सिर २०७८

गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा अधिकतम एक अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षका लागि बिहीबारदेखि प्रति कित्ता एक हजार रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिभेन्चर) निष्काशन गर्न लागेको हो । 

सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ भने बाँकी रहेको ६० करोड रूपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । 

‘गरिमा डिवेन्चर २०८५’ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गतेसम्मलाई जारी राखिने कम्पनीले जनाएको छ । इक्रा नेपालले बैँकलाई इक्राएनपी आरआई बीबीबी रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरूबाट खरिदका लागि आवेदन दिन सक्ने छन् ।  उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि.रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप