ad
x

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

person explore access_timeमंसिर १६, २०७८ chat_bubble_outline0

डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्राय: देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो ।


इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरियन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकामा भाइरस देखिएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । 



बोत्स्वानामा कम्तिमा १९ जनामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पाँच जनामा कोभिड देखिएको छ ।



नयाँ भेरयन्टको प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X