‘ओभरडोज’ का लागि उत्साहित प्रनिश
प्रनिशराज पन्तले फिल्म ‘ओभरडोज’ दर्शकले रुचाउने बताएका छन् । बिहिबार पत्रकारहरुसँग कुरा गर्दै उनले फिल्म बजारमा आएका भन्दा पृथक भएको दाबी गरे । अध्ययनको सिलसिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त फिल्मको रिलिजका लागि केही दिन अगाडि मात्र नेपाल आएका हुन् । नेपाल आएलगत्तै उनी फिल्मको प्रचार प्रसारमा जुटेका छन् । ‘ओभरडोज’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका उचित प्रचारप्रसार भने हुन सकेको छैन ।
‘फिल्मका लागि मैले निकै मिहिनेत गरेको छु । मेरो दुःख अहिले देखिने बेला भएको छ’ पन्तले भने, ‘फिल्म रिलिजका लागि एकदमै उत्साहित छु ।’ बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको र अमेरिका पुगेपछि अभिनय बाटो खुलेको उनको भनाई रहेको थियो ।
अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाङ्कन भएको हो । सुमन पौडेलको कथा एवं निर्देशन रहेको फिल्म ड्रग्स र अपराधको कथामा निर्माण भएको हा । अभिनेता पन्तले भने फिल्ममा फ्रेण्डसिप र धोकाको कथा रहेको बताए ।
प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन