बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ११ सय रुपैयाँ भन्दा तल झर्यो

बिहीबार, १६ मङ्सिर २०७८, १० : ५६
बिहीबार, १६ मङ्सिर २०७८

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप