काँग्रेस महाधिवेशन : २९ वटा मतपत्र, एक जनाले मतदान गर्न एक घण्टाकाे समय

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार-प्रसार समितिले पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो ।
१४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा, राष्ट्रिय सभा गृहमा र पुलिस क्लबमा मतदान स्थल बनाइने छ । एक जनालाई मतदान गर्न १ घण्टा समय लाग्ने अनुमान शर्माको छ । प्रदेश अधिवेशन सकिएपछि नेताहरूबीच सहमति विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सकिने उनको भनाई छ । सहमति नभए कागजी मतदान हुने शर्माले बताए ।
सभापति शेरबहादुर देउवाले ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । काँग्रेस प्रवक्ता शर्माका काठमाडौँमा सार्वजनिक ठाउँमा र सञ्चार मध्यमाबाट प्रचार प्रसार गरिने छ । काँग्रेसले "उत्साह, एकता, रूपान्तरण सफल बनाऊ काँग्रेसको १४ औँ महाधिवेशन" नारा बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी