बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारका प्रतिनिधिलाई सर्वोच्चमा छलफलका लागि बोलाइयो

बिहीबार, १६ मङ्सिर २०७८, १० : १५
बिहीबार, १६ मङ्सिर २०७८

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका प्रतिनिधिबीच छलफल हुने भएको छ । प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो ।

बार एशोसिएशनले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका कारण बारले आपत्ति जनाएको हो ।

कायम मुकायम नतोकिएकै कारण बार एशोसिएशनले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएपछि अन्य मुद्दाहरुको सुनुवाइ प्रभावित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप