बारका प्रतिनिधिलाई सर्वोच्चमा छलफलका लागि बोलाइयो
बिहीबार, १६ मङ्सिर २०७८, १० : १५
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका प्रतिनिधिबीच छलफल हुने भएको छ । प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो ।
बार एशोसिएशनले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका कारण बारले आपत्ति जनाएको हो ।
कायम मुकायम नतोकिएकै कारण बार एशोसिएशनले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएपछि अन्य मुद्दाहरुको सुनुवाइ प्रभावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण